Search

दोलखा चरिकोटमा अन्तरपुस्ता महिलावादी मञ्च द्वारा पञ्चेबाजा ¥याली

दोलखा चरिकोटमा अन्तरपुस्ता महिलावादी मञ्च द्वारा पञ्चेबाजा ¥याली

नेपाल सम्वत् ११४५, थिंलागाः ३, (३ पुष, २०८१, १८ डिसेम्वर, २०२४) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अन्तरपुस्ता महिलावादी मञ्च द्वारा आयोजित पञ्चेबाजा ¥याली सहित बजार परिक्रमा गर्दै सातदोबाटो चोकमा कोणसभामा कार्यक्रमको आयोजना गरिएको छ । उक्त कोण सभा कार्यक्रममा दोलखाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यसरी सम्पन्न कोणसभा कार्यक्रममा प्रतिनिधिमूलक वक्ताहरूले आफ्नो मन्तव्य राख्ने क्रममा कार्यक्रमको उद्देश्य, लक्ष्य, भिजन र मिसन स्पष्ट पार्नुका साथै सहभागिता, नेतृत्व विकास, र महिलावादी अभियानको महत्वबारे चर्चा गरेका थिए ।

यसरी आ–आफ्नो मन्तव्यको क्रममा बागमती प्रदेश सदस्य माननीय सांसद भरत बहादुर केसीले आफ्नो मन्तव्य राख्दै संविधान संशोधन, अर्थपूर्ण सहभागिता, र नेतृत्व विकासको आवश्यकता औंल्याउनुभएको थियो । उहाँले महिलाहरूलाई निर्णायक भूमिकामा पु¥याउन थप संघर्ष र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

यसै गरी भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले महिलाको नेतृत्व तहमा आइपुग्दा भोगिएका चुनौती र ती चुनौतीहरूको समाधानका लागि आवश्यक पहलको चर्चा गर्नुभएको थियो । उहाँले महिलाहरूको नेतृत्वलाई अझ प्रभावकारी बनाउन सामुदायिक र संस्थागत समर्थन अपरिहार्य रहेको समेत बताउनु भयो ।

उक्त कार्यक्रमको सहजीकरण अन्तरपुस्ता महिलावादी मञ्च केन्द्रीय सञ्जाल की सदस्य कालिका पाठकले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय डाक्टर जानुका न्यौपाने, मेनुका सुवेदी, र पार्वती खड्काले गर्नुभएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!