Search

यही पौष ५ देखि ७ गते सम्म भृकुटीमण्डपमा “नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी” हुर्दै

यही पौष ५ देखि ७ गते सम्म भृकुटीमण्डपमा “नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी” हुर्दै

नेपाल सम्वत् ११४५, थिंलागाः ३, (३ पुष, २०८१, १८ डिसेम्वर, २०२४) बुधबार, बाँपीझ्याला । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. को संयोजनमा यही पौष ५ देखि ७ गते सम्म भृकुटीमण्डप, काठमाडौमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित “नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी” तथा “नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनी” आयोजना हुन गईरहेको छ ।

यसरी हुन गईरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १ सय भन्दा बढि कम्पनीहरुको स्टल रहने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका तीन विशेषताहरू छन् – प्रदर्शनी, सम्मेलन र साझेदारी रहेका छन् ।

यसै गरी जारी विज्ञप्तीमा भनिएको छ, तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने गर्ने आयोजकको दावी रहेको छ ।

नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको छ ।

नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ठ गराउने माध्यम पनि बन्नेछ ।

यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पु¥याउँछ ।

यो प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । साथै यस एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेका छन् ।

साथै यस अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थ संग सम्बन्धित उद्योग, संग संस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्टी तथा सेमिनार कार्यक्रम पनि आयोजना हुने जानकारी गराउन चाहन्छौं ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल फर्मास्यूटिकल एस्सोसिएसन्, नेपाल औषधि व्यवसायी संघ (काठमाडौँ जिल्ला शाखा) तथा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई रहने छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!