बद्री दहाल, दोलखा
नेपाल सम्वत् ११४५, थिंलागाः २, (२ पुष, २०८१, १७ डिसेम्वर, २०२४) मंगलबार, बाँपीझ्याला । नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कालिन्चोक गाउँपालीका वडा नं. १ मा गठित ८ कृषक समुहको सदस्यलाई हाडे बदाम वितरण गरिएको छ ।
जसमध्ये ४५ जना कृषक सदस्यहरुलाई २०० बोट हाडे बदामको बिरुवा वितरण गरिएको छ ।
दिपजङ साना कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्न बहादुर थामिको अध्यक्षतामा २०० बोट हाडे बदामको बिरुवा वितरण गरि बिरुवा रोपणका लागि प्राविधिक सहयोग तथा सल्लाह समेत उपलब्ध गराईएको छ ।