नेपाल सम्वत् ११४५ थिंलागाः २ ( २ पुष , २०८१) डिसेम्बर १७, २०२४ , मंगलबार, बाँपीझ्याला ।निरन्तर ओरालो लाग्दै आएको सुनको मुल्य मंगलबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । उता चाँदीको मूल्य भने स्थिर छ । हिजो झैँ आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।