Search

मन्त्रीपरिषद बैठकको १४ निर्णय सार्वजनिक

मन्त्रीपरिषद बैठकको १४ निर्णय सार्वजनिक

नेपाल सम्वत् ११४५, थिलाथ्वः १६, (१ पुष, २०८१, १६ डिसेम्वर, २०२४) सोमबार, बाँपीझ्याला । सरकारले यसअघि सम्पन्न मन्त्रीपरिषद बैठकको १४ निर्णय सार्वजनिक गरेको छ । जसअनुसार उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ, जस अनुसार पौडेल थाइल्याण्ड प्रस्थान गरिसकेका छन् ।

अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिला आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!