Search

रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाउँदै, तीन कसुरमा अभियोजनको सिफारिस

रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाउँदै, तीन कसुरमा अभियोजनको सिफारिस

नेपाल सम्वत् ११४५ थिंलागाः १ ( १ पुष , २०८१) डिसेम्बर १६, २०२४ , सोमबार, बाँपीझ्याला ।कास्की प्रहरीले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको छ ।

रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले जानकारी दिए । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ ।

कार्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!