Search

अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनविरुद्ध महाअभियोग लगाइयो

अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनविरुद्ध महाअभियोग लगाइयो

नेपाल सम्वत् ११४४ थिंलाथ्वः १४(२९ मंसिर , २०८१) डिसेम्बर १४, २०२४ , शनिबार, बाँपीझ्याला ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसदले महाअभियोग लगाएको छ। संसदले उनको ‘मार्शल ल’ लगाउने अल्पकालीन प्रयासलाई अस्वीकार गर्दै महाअभियोग प्रस्ताव पारित गरेको हो। यस घटनाले युनको राजनीतिक यात्रामा गम्भीर धक्का पुगेको छ।

महाअभियोगका पक्षमा २०४ सांसदले मतदान गरे भने विपक्षमा ८५ मत मात्र खसे। तीन सांसद अनुपस्थित रहे, र आठ मत बदर भएको जनाइएको छ। यसअघि महाअभियोग प्रयास असफल भए पनि यस पटक संसदले यो प्रस्ताव पारित गरेको हो।

मतदानपश्चात् सभामुख वू वोन-सिकले महाअभियोग पारित भएको घोषणा गर्दै अधिवेशन समापन गरे। उनले जनताको भविष्य र आशा बलियो रहेको भन्दै धन्यवाद व्यक्त गरे। महाअभियोग पारित भए पनि युन सुक योल तत्काल पदमुक्त भने हुने छैनन्। त्यसका लागि संवैधानिक अदालतले अनुमोदन गर्नुपर्छ, जसमा नौ न्यायाधीशमध्ये कम्तीमा ६ जनाले समर्थन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

महाअभियोगसँगै राष्ट्रपतिको अधिकार ८० प्रतिशतले कटौती भएको छ। युनको विवादास्पद कदमका विरुद्ध देशभर प्रदर्शन चर्किएपछि यो निर्णय आएको हो।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!