Search

निर्देशक निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा

निर्देशक निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा

नेपाल सम्वत् ११४४ थिंलाथ्वः १४(२९ मंसिर , २०८१) डिसेम्बर १४, २०२४ , शनिबार, बाँपीझ्याला ।निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गर्नुभएको हो ।

रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको लेखक दिलीप रानाभाट हुनुहुन्छ । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहनुभएको छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहनुभएको छ । निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गर्नुभएको छैन । उहाँले चलचित्र दशैँको फूलपातीका दिन रिलिज हुने बताउनुभयो । ‘दशमी’मा गएको दशैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’को टिम देखिएको छ । कलाकारबाहेक अधिकांश टिम ‘ज्वाइँ साब’को रहेको छ । निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ले राम्रो समीक्षा पाएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!