नेपाल सम्वत् ११४५, थिलाथ्वः १४ (२९ मंसिर, २०८१, १४ डिसेम्वर, २०२४) शनिवार, बाँपीझ्याला । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै काठमाडौँको न्युनतम तापक्रम आज बिहान पौने ६ बजे २.५ डिग्री सेल्सियस मापन भएको थियो । तर त्यसमा पनि घटेर बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको छ ।
त्यसैगरी जुम्ला आज सबैभन्दा चिसो छ । जुम्लाको तापक्रम सबैभन्दा कम-७ मा झरेको छ ।