Search

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाल सम्वत् ११४४ थिंलाथ्वः १२(२७ मंसिर , २०८१) डिसेम्बर १२, २०२४ , बिहिबार, बाँपीझ्याला ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि हिरासत अवधि थप गरेको हो।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई यसअघि चार दिनको म्याद थप गरिएको थियो। उक्त म्याद सकिएपछि बिहीबार उनलाई कास्की जिल्ला अदालतमा पुनः उपस्थित गराइएको थियो। उनलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान भइरहेको छ।

लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको हो। उनलाई अनुसन्धानका क्रममा रुपन्देही, काठमाडौं, चितवन, र पर्साका विभिन्न सहकारीमा भएको अनियमिततासँग जोडेर बयान लिइएको छ। आरोपअनुसार, कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, र पर्साको सानोपाइला सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरिएको छ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!