Search

बीआरआइ फ्रेमवर्क कार्यन्वय गर्न विज्ञहरुको सुझाव

बीआरआइ फ्रेमवर्क कार्यन्वय गर्न विज्ञहरुको सुझाव

नेपाल सम्वत् ११४५, थिलाथ्वः ११, एकादशी (२६ मंसिर, २०८१, ११ डिसेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । फ्रेण्डस अन द क्लाउडः प्लेडफर्क अफ इन्फुएन्सर, नेपालको आयोजनामा “नेपालमा Belt and Road Initiatives (BRI) कार्यान्वयनः Pathway to Prosperity” शिर्षकमा हिमालय होटेल कुपण्डोलमा आज मंगलबार अन्तरक्रिया कार्यक्रम (संगोष्ठी) सम्पन्न गरिएको छ ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिङफिङको बैश्विक विकासको अवधारणा Belt and Road Initiatives (BRI) फ्रेमवर्क सम्झौतामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गर्नु भएको छ । यसै सन्दर्भमा कार्यान्वयको लागि आज अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको हो भनी आयोजक संस्थाका अध्यक्ष शोभित उप्रेतीले बताउनु भयो ।

यसरी आयोजित अन्तरक्रिया कार्यक्रम संगोष्ठीमा पराष्ट्रविद् अरुणकुमार सुवेदी, पुर्वराजदुत हिरण्यलाल श्रेष्ठ र प्रा.डा. गोविन्दराज पोखरेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । यसरी विचार व्यक्त गर्ने क्रममा मित्रराष्ट्र चिनसंग भएको फ्रेमवर्क सम्झौता सकारात्मक भएको निष्कर्श निकाल्नुका साथै कार्यान्वयको लागि आग्रह गरिएको छ ।

यसै सन्दर्भमा फ्रेण्डस अन द क्लाउडः प्लेडफर्म इन्फुएन्सर नेपालले एक विज्ञप्ती सार्वजनिक गरिएको छ ।

प्रेश बिज्ञप्ती
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिङफिङको बैश्विक विकासको अवधारणा Belt and Road Initiatives (BRI) फ्रेमवर्क सम्झौतामा नेपालले हस्ताक्षर गरी १० वटा विकास प्राथमिकताका परियोजनाहरु समेत उल्लेख गरी कार्यान्वयन प्रकृया अघि बढाएको छ । जुन निम्न अनुसारको रहेको छ ।

टोखा छहरे सुरुङ मार्ग
हिल्सा सिमिकोट सडक
किमाथाका संखुवासभा सडक र पुल
मद भण्डारी प्राविधिक विश्वविद्यालय
काठमाण्डौ साईन्स पार्क
चीन नेपाल औद्योगिक पार्क, झापा
अमरगढी सिटी हल, डडेल्धुरा
क्रिकेट रंगशाला, झापा
जिलोग, केरुग रसुवा अन्तरदेशिय प्रशारण लाईन
जिलोग केरुङ काठमाण्डौ रेल मार्ग ।

बिआरआई अवधारणमा नेपाल विधिवत रुपमा सहभागी भईसकेपछि पनि कार्यन्वयनको चरणमा प्रवेश गर्न लामो समय पर्खनु परेको अवस्थामा, मानव समुदाय कै बृहत्तर हित र समृद्धिका लागि मित्रराष्ट चीनका राष्ट्रपती सी चिजिङपिङद्वारा अघि बढाई हालसम्म १६० देश आवद्ध रहेको यस अवधारणाले बहुआयामिक पक्षहरुलाई समेटेको छ ।

नेपालको सन्दर्भमा पनी नेपाल संग भएको अपार प्राकृतिक साधन स्रोतको समुचित उपयोग गर्दै अन्तरदेशिय प्रशारण लाइन मार्फत उर्जा निर्यात व्यापारको नयाँ ढोका खोलिदिएको छ । यो नेपालको लागि ठुलो अवसर पनी हो ।

यसै परिपेक्ष्यमा फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ ईनफुएन्सर नेपाल, यस संस्थाले आज हालै नेपालका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको भ्रमणकालमा सम्पन्न भएको बीआरआई फ्रेमवर्क सम्झौताको कार्यान्वयन र सर्मद्धितर्फ महामार्ग विषयमा प्राज्ञिक बहसका लागि यो संगोष्ठी आयोजना गरेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!