Search

पत्रकार महासंघ दोलखा शाखामा प्रभु जिरेलको नेतृत्वमा सर्वसम्मत नया नेतृत्व चयन

पत्रकार महासंघ दोलखा शाखामा प्रभु जिरेलको नेतृत्वमा सर्वसम्मत नया नेतृत्व चयन

नेपाल सम्वत् ११४५, थिलाथ्वः ११, एकादशी (२६ मंसिर, २०८१, ११ डिसेम्वर, २०२४) बुधबार, बाँपिझ्याला, दोलखा । पत्रकार महासंघ दोलखा शाखामा प्रभु जिरेलको नेतृत्वमा सर्वसम्मत नया नेतृत्व चयन भएको छ ।

आज भएको मनोनय दर्तामा सबै पदमा एकल उम्मेदवारी परेसँगै दोलखा शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । अध्यक्ष पदमा प्रभु जिरेल र दिलबहादुर केसीको उम्मेदवारी परेपनि केसीले उम्मेदवारी फिर्ता लिएपछि जिरेल निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघ दोलखा शाखामा प्रभु जिरेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । महासंघको खुला उपाध्यक्षमा नविनकुमार खतिवडा, महिला उपाध्यक्षमा बिनिता भण्डारी, सचिबमा सुजन काफ्ले, कोषाध्यक्षमा सिर्जना गोले, सहसचिव खुलामा सुबास बस्नेत, समावेशी सह सचिवमा गोविन्द थामी निर्वाचित भएका छन् ।

यस्तै खुला सदस्यमा लक्ष्मी बस्नेत, तारा बहादुर महत, रविता महत र बाबुराम थापा चयन भएका छन् । महासंघको महिला सदस्यमा बिना घिमिरे, समावेशी सदस्यमा भवानी खड्का, दलित सदस्यमा प्रमिला नेपाली र जनजाती सदस्यमा लाक्पाली शेर्पा चयन भएका हुन् ।

महासंघको केन्द्रीय प्रतिनिधि परिषद् सदस्यमा शिवकुमार भुजेल, शर्मिला बुढाथोकी र लालकुमार मोक्तान चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधि परिषद् सदस्यमा सुजता बस्नेत, अर्जुन दहाल, उषा तमाङ र प्रलाद आचार्य चयन भएका हुन् ।

मनोनयन दर्ता अघि दोलखामा क्रियाशील पत्रकारका चार संगठनबीच सहमतिका आधारमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहमति भएको थियो । सहमति अनुसार प्रेस चौतारीले अध्यक्ष र तीन कार्यसमिति सदस्य, प्रेस युनियनले महिला उपाध्यक्ष, सचिव, सह सचिव खुला र दुई कार्यसमिति सदस्य पाएका छन् ।

यस्तै, प्रेस सेन्टरले कोषाध्यक्ष, समावेशी सह सचिव र दुई कार्यसमिति सदस्य पाएका छन् भने समाजवादी प्रेस संगठनले उपाध्यक्ष खुला र एकजना कार्यसमिति सदस्य पाउने सहमति भएको हो ।

सर्व सम्मत चयन अध्यक्ष प्रभु जिरेल लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको कार्यकाल सफलताको लागि यस बाँपीझ्याला मिडियाको तर्फबाट दोलखा भीमेश्वरमा प्रार्थना गर्दछौं । जय दोलखा भीमेश्वर ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!