नेपाल सम्वत् ११४५, थिलाथ्वः ९, नवमी (२४ मंसिर, २०८१, ९ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । आगामी माघ १ देखि भीमेश्वर नगर ५ नं. वडा अध्यक्ष कप दोश्रो जिल्ला ब्यापी फुटबल छात्र फुटबल प्रतियोगीता हुने भएको छ ।
यस प्रतियोगीतामा भाग लिन जिल्ला भित्रका विद्यालय र खेलप्रेमीहरुलाई सम्पर्कको लागि यही मंसिर २३ गते वडा नं. ५ का वडाध्यक्ष बासु श्रेष्ठले एक सूचना सार्वजनिक गर्नु भएको छ ।
भीमेश्वर नगरपालीका वडा नं. ५ धरमघर बुढाभीमसेन खेल मैदानमा हुन लागेको उक्त खेलको खेल तालिका हिजो मंसिर २४ गते सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गरिएको सूचनामा खेल हुने मिती, स्थान, नाम दर्ता गर्ने मिती, समय र खेलमा सहभागी हुन लाग्ने शुल्क लगायत अन्य महत्वपूर्ण जानकारी सार्वजनिक गरिएको छ ।
प्रतियोगीतमा सहभागी भई प्रथम, द्धितिय, उत्कृष्ट, सर्वाधिक, उत्कृष्ठ गोलकिपर र म्यान अफ द म्याच समेतलाई पुरस्कारका साथै नगदरासी समेत सार्वजनिक गरिएको छ ।
यस जिल्ला व्यापि फुटबल प्रतियोगी संचालन गर्नुका उद्देश्य बारेमा वडाध्यक्ष बासु श्रेष्ठसँग सम्पर्क गर्दा फुलबटल खेल एक आफैमा महत्व भएको खेल मध्य एक हो । यसको साथै जिल्ला भित्र रहेका खेल प्रेमि युवाहरुलाई प्रोत्साहन गर्नुका साथै जिल्ला भन्दा बाहिर गएर खेल खेल्न अभिप्रेरित गर्न पनी यो खेलको आयोजना गरिएको बताउनु भयो ।
यसै गरी दोलखा जिल्लाका खेलकुद प्रेमि युवापुस्ताले भोलीको दिनमा कोही कसैले खेललाई आफ्नो पेशा बनाउन चाहेको छ भनेपनी त्यस्तो युवालाई यस प्रतियोगीताले सहयोग गर्ने समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
गत साल गरिएको फुटबल प्रतियोगीताले दोलखाका धेरैजसो युवा वर्गलाई खेलमा आकर्षण गरिएकोले पनी यस बर्ष थप आकर्षणका साथ यो खेल लागिएको हो भन्नु भयो । यसरी माघ १ गतेदेखि हुन गईरहेको जिल्ला व्यापी फुटबल प्रतियोगीमा सम्पूर्ण जिल्ला व्यापी खेलप्रेमी र शुभचिन्तक महानुभावहरुलाई उपस्थित भई सहभागी हुन समेत अनुरोध सहीत आग्रह गर्नु भएको छ ।