नेपाल सम्वत् ११४५, थिलाथ्वः ९, नवमी (२४ मंसिर, २०८१, ९ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । राजकुलेश्वर आधारभुत विद्यालयका अभिभावक संरक्षक, रुपा फाउण्डेसनका अध्यक्ष, समाजसेवि वरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले विद्यालयका विद्यार्थीहरु र शिक्षकहरुलाई न्यानो टोपि, मोजा, सल सहयोग गर्नु भएको छ ।
यसै गरी स्कुलका पूर्व विद्यार्थी लायन्स क्लव अफ हेल्पिङ ह्यान्ड काठमान्डौका अध्यक्ष कालिञ्चोक युवा क्लवका उपाध्यक्ष ई. श्याम चन्द्र श्रेष्ठज्युले विधार्थिहरुलाई शैक्षिक सामाग्रि सहयोग गर्नु भएको छ ।
समाजसेवि ई.आत्मा कृष्ण श्रेष्ठले राजकुलेश्वर आधारभुत विद्यालयका ६ देखि ८ सम्मका विधार्थिहरुलाई विगत लामो समय देखि दैनिक खाजा व्यवस्थापनमा सहयोग गर्दे आउनु भएको छ ।