Search

‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि महोत्सव हुने

‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण फागुन २४ गतेदेखि महोत्सव हुने

नेपाल सम्वत् ११४५, थिलाथ्वः ८, अष्टमी (२३ मंसिर, २०८१, ८ डिसेम्वर, २०२४) आईतबार, बाँपिझ्याला । घरेलु फिल्मको प्रबर्दन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ । फागुन २४ गतेदेखि महोत्सव आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘घुमौं कर्णाली, हेरौं कर्णाली’ नारासहित रेड चेरी मिडियाले महोत्सव गर्न लागिएको हो । महोत्सवले प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्वपूर्णलाई देश र विदेशमा फैलाउने उद्देश्य लिइएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए ।

यसवर्ष महोत्सवले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत आयोजना गर्ने भएको छ । महोत्सवको क्रममा फिल्म स्क्रिनिङ, कार्यशाला, छलफल सत्र र पुरस्कार वितरणजस्ता गतिविधि आयोजना हुने भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रबर्दनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!