Search

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल सम्वत् ११४५, थिलाथ्वः ७, सप्तमी (२३ मंसिर, २०८१, ८ डिसेम्वर, २०२४) शनिवार, बाँपिझ्याला । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका भू–भागहरू तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!