नेपाल सम्वत् ११४५, थिलाथ्वः ६, षष्ठी (२२ मंसिर, २०८१, ७ डिसेम्वर, २०२४) शनिवार, बाँपिझ्याला । विश्व मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालको तर्फबाट आज एक विज्ञप्ती सार्वजनिक गर्दे शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।
मानवधिकारवादी मित्र पौडेलको अध्यक्षतामा सम्पन्न उक्त शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथी सरोकार केन्द्रका संस्थापक अध्यक्ष, संरक्षक बरिष्ठ अधिवक्ता मुक्ति नारायण प्रधानको आतिथ्यता रहेको थियो । यसै गरी पूर्व अध्यक्षहरुमा बरिष्ठ अधिवक्ता विश्व प्रकाश भण्डारी, विके अर्याल लगायत मावन अधिकारवादी संघ–संस्थाका प्रतिनिधी, मानवधिकारवादी व्यक्तित्व एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रत्येक बर्ष डिसेम्वर १० तारीखलाई विश्व मानव अधिकार दिवसको रुपमा मनाउने गरेको पाईन्छ । यही अवसरमा आज सरोकार केन्द्रले शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो भनी पूर्व अध्यक्ष एवं बरिष्ठ अधिवक्ता विश्व प्रकाश भण्डारीले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
यसै गरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथी सरोकार केन्द्रका संस्थापक अध्यक्ष, संरक्षक बरिष्ठ अधिवक्ता मुक्ति नारायण प्रधानले नेपालमा मानव अधिकारको विकास भईरहेको र यस सम्वन्धमा सरोकार केन्द्रले मानवधिकारको क्षेत्रमा खेलेको भुमीका र महत्व माथी प्रकाश पार्न भएको थियो । यसै गरी पूर्व अध्यक्ष विश्व प्रकाश भण्डारी, विके अर्याल लगायत उपस्थिती मानव अधिकारवादीहरुले प्रतिनिधीमुलक रुपमा आ–आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
सचिव विरेन्द्र शाहले संचालन गर्नु भएको उक्त शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्नु हुर्दै आमन्त्रणलाई स्विकार गरि आउनु भएकोमा विशेष धन्यवाद दिनु हुर्दै सभापती मित्र पौडेलले कार्यक्रमको समापन गर्नु भएको थियो ।