Search

१७ औं राष्ट्रिय निर्माण दिवस देशभर विविध कार्यक्रमको साथ सम्पन्न

१७ औं राष्ट्रिय निर्माण दिवस देशभर विविध कार्यक्रमको साथ सम्पन्न

नेपाल सम्वत् ११४५, थिलाथ्वः ६, षष्ठी (२२ मंसिर, २०८१, ७ डिसेम्वर, २०२४) शनिवार, बाँपिझ्याला । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राज्य र निर्माण व्यवसायी मिलेर निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनु भएको छ ।

शनिवार राजधानीमा १७ औं राष्टिय निर्माण दिवसको उपलक्ष्यमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको प्रभातफेरीको उद्घाटन गर्दै मन्त्री दाहालले निर्माण क्षेत्रले गति लिन नसक्नुमा राज्य र व्यवसायी दुवैको कमजोरी रहेको बताउनुभयो ।

भौतिक पूर्वाधारमा हुने प्रगति नै सरकारको सफलताको मानक भएकाले यस क्षेत्रको विकासका लागि सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्ने मन्त्री दाहालले बताउनुभयो । राज्यको आफ्नै निर्माण कम्पनी नभएको अवस्थामा देशलाई समृद्ध बनाउने जिम्मा निर्माण व्यवसायीहरूकै काँधमा आएको मन्त्री दाहालले बताउनुभयो ।

सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका समस्याले गर्दा पनि निर्माण उद्योगमा धेरै जटिलता देखिएको मन्त्री दाहालको भनाइ थियो । व्यवसायीहरूलाई समयमै भुक्तानी गर्न नसक्नु राज्यको कमजोरी भएको मन्त्री दाहालले बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रुपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताउनुभयो । निर्माण उद्योग मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको भन्दै अध्यक्ष सिंहले बताउनुभयो ।

महासंघका महासचिव रोशन दाहालले सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग थप सकसमा परेको बताउनुभयो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट शुरु भएको प्रभातफेरि थापाथली, माइतीघरमण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगर पुगी समापन भएको थियो ।

१७ औं राष्टिय निर्माण दिवसको उपलक्ष्यमा शनिवार नै महासंघ सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । साथै देभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि १७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!