Search

“निर्माणबाट समृद्धि”, “रक्तदानबाट जीवनदान” : निर्माण व्यवसायी संघ दोलखाको पवित्र कार्य

“निर्माणबाट समृद्धि”, “रक्तदानबाट जीवनदान” : निर्माण व्यवसायी संघ दोलखाको पवित्र कार्य

नेपाल सम्वत् ११४४ थिंलाथ्वः ६ (२२ मंसिर , २०८१) डिसेम्बर ७, २०२४ , शनिबार, बाँपीझ्याला ।निर्माण व्यवसायी संघ दोलखाकाे आयोजनामा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । निर्माण व्यवसायीहरुको १७ औं निर्माण दिवस-२०८१ को शुभ अवसरमा निर्माण व्यवसायी संघ दोलखाले खुल्ला रक्तदान कार्यक्रममा गरेकाे हाे ।

निर्माण व्यवसायी संघ दाेलखाकाे अध्यक्ष राजेश थापाकाे सकृयतामा नागरिकको हितमा धेरै पराेपकार निर्माण व्यवसायी गर्दै आएकाछन । समाजिक अभियान्ता थापाकाे समाजसेवी भावनाकाे कारण बर्षिकरूपमा मंसिर २२ गते रक्तदान कार्य हरेक बर्ष गर्ने घाेषणा गर्नुभएको छ।

निमार्ण व्यवसायी गणेश बहादुर थापाकाे संयाेजकत्वमा भएकाे रक्तदान कार्यक्रममा १३ जना निर्माण व्यवसायीले रक्तदान गर्नुभएको छ। पुण्य कार्यमा सहभागीलाई कार्यक्रममा प्रमुखअतिथि नेपाल रेडक्रस दाेलखा शाखाका मन्त्री भरत प्रधान,विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई,अतिथि गाेकर्ण पाेखरेलले प्रमाण-पत्र प्रदान गर्नुभएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!