Search

मङ्सिर २८ गते हुने महासङ्घको चुनावमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी

मङ्सिर २८ गते हुने महासङ्घको चुनावमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी

नेपाल सम्वत् ११४५, थिलाथ्वः ६, षष्ठी (२२ मंसिर, २०८१, ७ डिसेम्वर, २०२४) शनिवार, बाँपिझ्याला । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको चुनावमा अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।

सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन् । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाईँ चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।

त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।

५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!