नेपाल सम्वत् ११४५, थिलाथ्वः २, प्रतिपक्ष, (१८ मंसिर, २०८१, ३ डिसेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए ।