Search

नेपाल-चीनबीच भएका ९ वटा सहमति र समझदारी

नेपाल-चीनबीच भएका ९ वटा सहमति र समझदारी

नेपाल सम्वत् ११४५, थिलाथ्वः २, प्रतिपक्ष, (१८ मंसिर, २०८१, ३ डिसेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीन र नेपालबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज बिहान प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि सम्बन्धित अधिकारीहरुले टोखा छहरे सुरुङमार्ग, नेपाल चीन व्यापार अभिवृद्धि लगायत विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नगद सहयोग सम्बन्धी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान भएको छ ।

त्यस्तै फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, विकास योजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी, आर्थिक तथा प्राविधिक सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रका अनुसार खासगरी कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग अदान प्रदान गर्ने विषयमा सहमति र समझदारी भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!