Search

हराउंदै गएको पोशाकको शिष्टता !

हराउंदै गएको पोशाकको शिष्टता !

प्रा. डा. श्याम जोशी
एक पटक यौटा टिभिको ग्ल्यामर गफ कार्यक्रमको प्रस्तोताले अर्धनग्न अवस्थामा अन्तरबार्ता दिन बसेकी एक मोडेल प्रार्थना लामा (नाम परिबर्तत) लाई सोध्यो – केटी मान्छेलाई जाडो लाग्दैन कि कसो ? मोडेलले प्रतिप्रश्न गरिन – के केटी चै मान्छे हैन कि? कार्यक्रमको प्रस्तोताले उनको लुगा तिर संकेत गर्दै तपाइको लुगा नि ? भने पछी उन्ले “त्यो त तपाईको कार्यक्रमको नाम नै ग्ल्यामर गफ अनि “ भनेर जवाफ् दिएकी थिइन ।

दोस्रो प्रसङ्ग, जाडो महिनामा आयोजना गरिएको एक चलचित्र पुरस्कार कार्यक्रममा अभिनेत्री हर्शा गिरि (नाम पतिबर्तन) अत्यन्त कम लुगामा आएकीले उनको पहिरनले सबैको ध्यान खिचेको थियो । यस्तो जाडोमा कस्तो चिसो नलागेको भनेर प्रस्तोताले टिप्पणी गरेका थिए।।तेस्रो प्रसङ्ग, यौटी अर्धनग्न अङ्ग प्रदर्शन गरेर पोशाक लगाएर आएकी अभिनेत्री आकृती थापाले (नाम परिबर्तन) अस्ट्रेलियामा सिनेमाको कार्यक्रममा जाँदा अन्तरबार्ता दिएकी थिइन् । क्यामराम्यानले उन्को स्तनमानै फोकस गरिरहेको थियो।। उनको पहिरन लाई लिएर ठुलै होहल्ला भएको थियो । नेपाल फर्केपछि पत्रकारहरुले उनको लुगा बारे प्रस्न गर्दा उनले बिल्कुलै शरम नमानेर “सबैले राम्रो सुहाएको छ भनेका थिए“ मात्र भनिन जुन अहिले पनि युट्युबमा देख्न सकिन्छ ।

सन् २००८ मा अमेरिकाको मेरिल्यान्ड राज्यको ओसियन सिटि जाँदा नेपाली केटीहरुलाई कट्टु लगाएको (सर्ट) देख्दा अमेरिकी हावा लागेछ भन्ने सोचेको थिए । त्यस्माथी त्यो त बिचवेर लगाउने समुन्द्र तटमा नै थियो। उसो त् सन् २०६० को दशक तिर नै युबतिहरुले पहिला फ्रक तथा मिनिस्कट जस्ता छोटो कपडा लगाउन शुरु गरेका थिय। केही समय पछि त नेपालमा पनि “सर्ट“ अर्थात् छोटा कपडा लगाएका केटीहरु देखिन थाले।

अहिले अलिअली गर्मी के हुन थाल्यो कट्टु लगाउन शुरु भैहाल्छ। कहिले काही लाग्छ “ केटीहरुलाइ मात्र “गर्मि” अति गर्मि हुदो रहेछ कि कसो”? एकछिन नयाँ सडक तिर बरालियो भने नेपालले पनि फेसनमा ठुलै फड्को मारेको अनुभूति हुन्छ । अहिले अगाडि जस्तो महिलाको शरीर हेरेर थुक निल्न हेलेन वा पदमा खन्ना को चलचित्र हेर्न हल सम्म पुग्नु पर्दैन यद्यपि अहिले डिस्को र क्याब्रे नृत्यको स्थान आइटम नृत्य ले लिएको छ र त्यस्ता नृत्य बिशेष नर्तकीले नगरेर बिना हिच्किचाहट नायिकाहरु ले नै गर्ने गरेका छन् ।

एक दिन बाटोमा नाताले नाति पर्ने यौटी केटीले हाम्रो रिति अनुसार बाजे भनेर ढोगिन र मैले “भाग्यमानि “ त् भने तर मैले उन्को अनुहार सिधा हेर्न सकिन। आफू अलि पुरानो सोचको मान्छे रहेछु भन्ने लाग्यो । अलि आँटिला अधबैसे महिलाहरुले त्यस्तो “सर्ट“ नै त लगाउने आँट गरेका छैनन् तर कसिलो जिन प्यान्टले चित्त नबुझेर छालामा टासिने (स्किन टाइट) “लेगिङ“ र फिसनेट भनिने पारदर्शी स्ट्कीङ तथा पूरा तिग्रा देखिने ( “ थाइ–हाइ“ ) बस्त्र लगाउन थालेका छन ।

बिगतमा अलिकति शरीर देखाएपनि लज्जाको विषय हुन्थ्यो। अहिले माथिल्लो लुगा तल तल आइरहेछ र तल्लो लुगा माथी माथि गइरहेछ । उहिले महिलाहरू स्तन झोल्लिन्छ र शारीरिक आकर्षण घट्छ भनेर ब्रा लगाउने गर्थे र कति ले त बच्चा लाई स्तनपान समेत गराउदैनन भन्ने सुनिन्थ्यो। बिस्तारै स्तनको बिच भाग क्लेवेज देखाउने गरि ब्लाउज सिलाउन थाले। केही अभिनेत्रीले त स्तनमा नै पुतली आदि टाटु बनायेर प्रदर्शन गरेर हिड्ने गरेका छ्न।अहिले ब्रा नलगाउने चलन हलिउड भयेर बलिउड पस्यो र कलिउड लाई नछुने त कुरै भएन। स्तन झोल्लिने कुरा अब वाहियात हुन थाल्यो। यहि बिकृतीले होला अफगानिस्तानमा तालिबानले टाउको देखि खुट्टाको औंला सम्म छोपिने गरेर हिजाब लगाउनु पर्ने उर्दि लागाएको छ । उता भारतको केही बिद्यालयमा भने मुसलमान छात्राहरुले हिजाब लगाउन पाउनु पर्छ भनेर आन्दोलन नै गरिरहेका छन ।

एक ताका म दोलखाको एक हाई स्कूलमा स्वयंसेवक शिक्षकको रुपमा पढाउथे। स्कूलमा सदरमुकामकी एउटी केटी पनि पढ्थिन र सधै जसो आधा खुट्टा देखिने फ्रक लागाएर आउथिन।एक दिन उन्को केटा साथिले उन्लाइ किन यस्तो अर्धनग्न लुगा लगाएको भन्दा उन्को जवाफ थियो – “ केटाहरुलाई लोभ्याउन“। यौटा अर्को प्रसङ्ग एक साल म भैरब – कुमारी जात्रा हेर्न दोलखाको नक्छे टोलको चैत्यमा थिय। एउटी केटी छोटो फ्रक लगाएर आधा खुट्टा देखाएर जात्रा हेरिरहेकी थिईन ।अनायास एकजना अदबैसे मानिसले यौटा खुट्टामा आवाज आउने गरि पिट्यो। त्यो केटिले आफ्नो बाबू जस्तो उमेरको मानिस लाई भनिन – “कस्तो मात्तेको मानिस“ । उक्त मानिसको सहज जवाफ दिएको थियो – “ अनि किन हामीलाई लोभ लाग्ने गरि लुगा लगायेको त ? “।

आफ्नै बुबा भैरब भएर नाचिरहेको हेरिरहेकी ती केटि लोभ लगाउने नियतले त्यस्तो लुगा लगाउने खालकि थिइनन अगिल्लो केटी जस्ती। यिन्ले त प्रचलित फेसन मात्र अनुसरण गरेकी थिईन ।आखिर किन नाङ्गीनु पर्यो राम्री देखिन र आकर्षक बनेर केटाहरुको ध्यानाकर्षण गर्न। आखिर हिजाब लगाउने केटीहरुको पनि त् बिबाह हुन्छ नै। कुनै पनि कुरा कल्पनामा जस्तो यथार्थमा राम्रो हुदैन। केटाहरु लाई केही कुराको कल्पनामा डुब्न् दिदा के नै बेफाइदा हुन्छ र ?

नेपाली महिलावादीहरु “केटीहरुले छोटो कपड़ा लगाएर बलात्कार बढेको हैन, खैत युरोप, अमेरिका तिर छोटो कपडा लगाए पनि बलात्कार हुदैन” भन्छ्न। अर्को तिर भारत मै पनि बलात्कारको घटना बढीरहेको छ भनेर सरकारको आलोचना गर्दा एक मन्त्री ले “ छोटो छोटो लुगा लगाउछ्न अनि किन बलात्कार नहोस“ भने। मेरो बिचारमा यो भनाइमा पुरै नभए पनि आंशिक सत्यता छ। किनकी महिलाको आकर्षक शरीरले पुरुषलाई उतेजित गर्नु प्राकृतिक प्रबृती हो।अब कसैलाई नैतिकताबोधले उत्तेजनालाइ दबाउन बाध्य पार्छ, कसैले दबाउन सक्दैन र त्यस्लाइ बलात्कार को रुपमा अभिव्यक्त गर्छ ।

उसो त जाडो महिनाका बिहे भोजमा पनि मनग्गे युबतिहरु पारदर्शी र छोटो लुगामा देखिन्छ्न। यस्को उदेश्य आफ्नो आकर्षक जिउडाल मात्र नभएर गहना देखाउने पनि हुन्छ। एक पटक माघ महिना तिर यौटा पार्ट्री प्यालेसमा एक जना भाइको बिहे भोजमा यौटी काठमाडौ बाहिर बिहे भएकी बहिनी नाता पर्ने पनि आएकी रहिछन। उनी कम कपडामा भारी गहनामा सजिएकी थिइन।त्यो दिन हिउँ परेकोले अत्यत चिसो थियो।

उनी चिसोले छ्ट्पट गरिरहेकी मैले स्पस्ट महसुस गरे। तर लुगाको कुरा गर्दा अशिस्ट हुन्छ भनेर लुगाको कुरा उठाउन ठिक लागेन, तर मेरो मन चै नचाहेर पनि उनकै लुगा अनि जाडो तिर थियो। अतः उन्लाइ बिस्तारै भने – “यस्तो जाडो छ, तिमी पनि एक पेग लिउ न“। शायद महिला भएकोले कसैले नराम्रो मान्लान कि भनेर असजिलोले मानेर मात्र उनी मदिरा नलिएर बसेकी हुनुपर्छ। के खोज्छस काना आँखा भने झै “ हो त नि खानु पर्ला हगि“ भनेर व्हिस्कीको चुस्की लगाउन थालिन ।

पोशाकको शिष्टता वा अशिष्टता मुलतः सामाजिक रितिरिवाज र भुगोलको परिणाम हो।अर्थात् आफ्नो सामाजिक प्रचलन र गर्मी या जाडो स्थानको बसोबास अनुसार लुगा छोटो वा लामो हुन सक्छ वा समय अनुसार पोसाकको स्वरुप परिबर्तन हुनसक्छ ।
बिगतमा नग्नता लाई ठूलो पापको रुपमा लिइन्थ्यो। हाल त्यो पाप हुन छोडेर आधुनिक सभ्यताको चिन्ह हुन पुगेको छ।मेरो धारणा चै पोसाक लगाउने स्वतन्त्रता त हुनु पर्छ।

तर लागाउनेले आफ्नो धर्म, संस्कार , उमेर, आदि र समसामयिक प्रबृति लाई समेत ध्यान दियेर लगाउदा नै राम्रो हुन्छ। जस्तो कि हालै बलिवुड्का नामि निर्देशकको जन्मदिनको भोजमा तीन अदबैसे अभिनेत्री करिना कपुर, अमृता अरोडा र मलइका अरोडा मध्ये सबभन्दा पाको उमेरकी मलईकाले अत्यन्त छोटो छोटो लुगामा गएको तस्बिर उनीहरुले उत्ताउलोबस आफ्ना फ्यानका लागि सेयर गरे। मलईकाको कुल् पांच लाख परेको भन्ने पोशाक त तल र माथी दुवै तिर नै अति छोटो थियो। उनीहरुका अपेक्षा बिपरित उनका फ्यानहरु ले गिज्याए – “बुढीहरु“ ।

उनिहरु ले लाज छोप्न जवाफ् दिए – बुढी हौ, तर बुद्धिमान । केहिले भने व्यंग्यात्मक प्रसंशा पनि गर्न भियाए –“ अति उत्तेजनादायक, असहय” ( टु हट टु ह्यान्डल) ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!