नेपाल सम्वत् ११४५, थिलाथ्वः २, प्रतिपक्ष, (१८ मंसिर, २०८१, ३ डिसेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो र तेस्रो खेल आज हुँदैछ ।
आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल दिउँसो १: १५ बजेबाट सुरू हुनेछ ।
एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो । चितवन राइनोजबाट कुशल मल्ल र पोखरा एभेन्जर्सबाट कुशल भुर्तेलले नेतृत्व गर्नेछन् ।
चितवन राइनोज
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप अर्याल (आइकोनिक)।