नेपाल सम्वत् ११४५, थिलाथ्वः १, प्रतिपक्ष, (१७ मंसिर, २०८१, २ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् ।
राईले ९२३ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् ।
राईका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका संजिव काफ्लेले ३५९ मत ल्याए ।
यसअघि यो वडामा कांग्रेसका चुडाराज काफ्ले विजयी भएका थिए ।