Search

काठमाडौँ-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौँ-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

नेपाल सम्वत् ११४५, थिलाथ्वः १, प्रतिपक्ष, (१७ मंसिर, २०८१, २ डिसेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । काठमाडौँ महानगरपालिका-१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका—१६ को वडाध्यक्ष पद जितेको हो ।

श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाए ।

त्यस्तै नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाए ।

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत पाएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!