Search

आज ४१ पदको उपनिर्वाचन : मतदान केन्द्रमा के गर्न हुँदैन ?

आज ४१ पदको उपनिर्वाचन : मतदान केन्द्रमा के गर्न हुँदैन ?

नेपाल सम्वत् ११४५, कछलागाः १५, चतुर्दशी, (१६ मंसिर, २०८१, १ डिसेम्वर, २०२४) आईतबार, बाँपिझ्याला । आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि विभिन्न कुरामा निषेध गरिएको छ ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ, यदी लगाएको भेटिएमा कारबाही गरिने उसको भनाइ छ ।

साथै आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि प्रस्ट पारेको छ ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन पालना गर्नुपर्ने पुनः स्मरण गराएको छ ।

आयोगकी सह सचिव एवम प्रवक्ता नीता पोखरेलका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ ।

आयोगले मतदानको दिन आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारबाही गर्न र मतदान केन्द्रको परिसरभित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधी हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment