Search

नेपाल टेलिकमको क्रिकेट धमाका अफर : मात्र ७ सय रुपैयाँमा ३ सय जीबी डाटा

नेपाल टेलिकमको क्रिकेट धमाका अफर : मात्र ७ सय रुपैयाँमा ३ सय जीबी डाटा

नेपाल सम्वत् ११४४ कछलागाः १३ (१४ मंसिर , २०८१) नोभेम्बर २९, २०२४ , शुक्रबार, बाँपीझ्याला ।नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ लाई लक्षित गर्दै क्रिकेटप्रेमी दर्शकहरूको सुविधाका लागि एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ। लाजिम्पाटस्थित होटल ¥याडिसनमा सुदूरपश्चिम रोयल्स टिमसँगको भेटघाट कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा यो योजना शुभारम्भ गरेका हुन्।

यो योजनाअन्तर्गत प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताले ६ सय ९९ रुपैयाँमा ३०० जीबी डाटा प्राप्त गर्नेछन्। यसमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ भने १० जीबी सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा उपलब्ध हुनेछ। यस्तै, ४ सय ९९ रुपैयाँमा १५० जीबी डाटाको प्याकेज उपलब्ध हुनेछ, जसमा दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ र ५ जीबी सकिएपछि २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। पोष्टपेड प्रयोगकर्ताका लागि यो प्याकको समयावधि ३० दिन रहेको छ भने प्रिपेडका लागि २८ दिन रहनेछ।

यो प्याक मंसिर १४ देखि पौष ६ गतेसम्म लागू हुनेछ। प्रयोगकर्ताले एस्ट्रीक १४१५ एस्ट्रीक ११ ह्यास डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत यो प्याकेज खरिद गर्न सक्नेछन्। नेपाल टेलिकमले एनपीएलका खेलहरू प्रत्यक्ष हेर्न चाहने दर्शकका लागि किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा उच्च क्षमताका साना उपकरण (स्मल सेल) जडान गरेको छ। दर्शकहरूको सुविधाका लागि सञ्चार उपकरणको क्षमता बढाइएको छ भने क्रिकेट एसोसियन अफ नेपालको अनुरोधमा सञ्चार केन्द्रका लागि १ जीबीपीएसका दुई थान एफटीटीएच निःशुल्क जडान गरिएको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले क्रिकेटप्रेमीहरूको आवश्यकतालाई मध्यनजर गर्दै यो योजना ल्याइएको र दर्शकहरूले सहज रुपमा खेलको आनन्द लिन सक्ने बताइन्।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment