Search

एस.एस. फाण्डेशनद्वारा बरिष्ठ नायक कृष्ण मल्ल सम्मानीत

एस.एस. फाण्डेशनद्वारा बरिष्ठ नायक कृष्ण मल्ल सम्मानीत

नेपाल सम्वत् ११४५, कछलागाः १३, त्रयोदशी, (१३ मंसिर, २०८१, २८ नोभेम्वर, २०२४) विहीवार, बाँपिझ्याला । एस.एस.फाउण्डेशन दोलखा काठमाण्डौको आयोजनामा होटेल तपस बत्तिसपुलतीमा नेपाल फिल्म सोसाइटीका नव निर्वाचित अध्यक्ष नेपाली चलचित्रका बरिष्ठ नायक कृष्ण मल्ल लगाएत पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।

फाण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार समाजसेवी मदनदास श्रेष्ठ सभापतीत्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा उप्रेती समाजसेवा समितीको तर्फवाट खेम उप्रेती, साहित्यिक पत्राकार संघको तर्फवाट राधेश्याम लेकाली र वस्याल–राउत फाउन्डेशन (अमेरिका) को तर्फवाट हेम पाठकले वधाई एवं शुभ व्यक्त गर्नु हुर्दै सम्मान प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार तथा लब्ध प्रतिष्ठीत व्यक्तीत्व र समाजसेवीहरुको उपस्थिती रहेको थियो भनी फाउण्डेशनका अध्यक्ष मदनदास श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!