नेपाल सम्वत् ११४५, कछलागाः १२, द्वादशी, (१२ मंसिर, २०८१, २७ नोभेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । नेवाः देय् दवुको केन्द्रिय समितीको छैठौं बैठक सम्पन्न भएको छ । हिजो नेपाल सम्वत् ११४५, कछलागाः ११, एकादशी, (११ मंसिर, २०८१, २६ नोभेम्वर, २०२४) मंगलबारबाट शुरु भएको बैठक आज सम्पन्न भएको छ ।

नेपाल भाषा मंका खलको कार्यालय विजेश्वरी स्वयम्भुमा संचालन भएको दुईदिने बैठकले दवुको राष्ट्रिय महाधिवेशन यही २०८१ चैत्र २२ र २३ गते कञ्चनपुर महेन्द्रनगरमा गर्ने निर्णय लगायत सो संग सम्वन्धीत अन्य निर्णयहरु गरिएको छ भनी संस्थाका अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भएको छ ।
यसरी सम्पन्न दुई दिने बैठकमा दवुका संरक्षण मल्ल के सुन्दर, सल्लाहकारहरु डा. पुष्पराज राजकर्णिकार, डा. महेशमान श्रेष्ठ र सरला कायस्थको उपस्थिती रहेको थियो ।

यसै गरी महाधिवेशनको तयारीको लागि वडादेखि प्रदेशसम्मको अधिवेशन, प्रतिनिधी चयन यही फागुण मसान्तसम्ममा सम्पन्न गर्ने समेत बैठकले निर्णय गरिएको छ । साथै उक्त व्यहारो जनाई वडा, पालीका, जिल्ला र प्रदेशमा पत्राचार गर्ने समेत निर्णय गरिएको छ ।