Search

हात्ती महोत्सव पुस १५ मा

हात्ती महोत्सव पुस १५ मा

नेपाल सम्वत् ११४५, कछलागाः १२, द्वादशी, (१२ मंसिर, २०८१, २७ नोभेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहआयोजनामा पुस ११ देखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

महोत्सवबारे जानकारी दिन मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव गुणराज थपलियाले महोत्सवले चितवनको मात्रै नभएर समग्र देशकै पर्यटन प्रवर्धन हुने बताउनुभयो ।

विसं २०५५ देखि सुरु भएको हात्ती महोत्सव कोराना महामारीका कारण तीन वर्ष रोकिए पनि गत वर्षदेखि पुनः निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले महोत्सवका कारण चितवनमा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आवागमनमा वृद्धि हुने गरेकाले महोत्सव कोसेढुङ्गा साबित हुँदै आएको धारणा राख्नुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा ८० वटा हात्तीको सहभागिता रहने छ । महोत्सव अन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौडलगायतका प्रतियोगिता हुने छन् ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बिटुबी कार्यक्रम, स्थानीय वेशभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्धनात्मक कार्यक्रम गरिने छ ।

क्षेत्रीय होटेल सङ्घका अनुसार गत आवमा सौराहामा स्वदेशी तथा विदेशी गरी दुई लाख २५ हजार पर्यटक भित्रिएका थिए । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको सङ्घले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment