Search

खेर गएको विद्युत् प्राधिकरणले किन्ने

खेर गएको विद्युत् प्राधिकरणले किन्ने

नेपाल सम्वत् ११४५, कछलागाः ११, एकादशी, (११ मंसिर, २०८१, २६ नोभेम्वर, २०२४) बुधबार, बाँपिझ्याला । उपभोक्ताले सञ्चालन गर्दै आएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उपभोक्ताको लगानीमा १० वर्षअघिदेखि सञ्चालित लघु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

उपभोक्ताले करोडौँ लगानी गरेर उत्पादन गरेको विद्युत् शक्ति राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि उपभोक्ता खुसी भएका छन् । हाल ६८ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । खेर गएको विद्युत् सम्झौता अनुसार विद्युत् प्राधिकरणले खरिद गरेको हो ।

यहाँका उपभोक्ताले हिउँद र बर्सातमा करिब ३५ किलोवाट मात्र प्रयोग गर्दै आएका छन् । बाँकी ३५ किलोवाट विद्युत् खेर गइरहेको अवस्थामा राष्ट्रिय प्रसारण लाइनमा जडान भएपछि उपभोक्तालाई फाइदा हुने समितिका अध्यक्ष वीरबहादुर बाह्रघरेले बताउनुभयो ।

उहाँका अनुसार बर्सातमा चार रुपियाँ ८० पैसा र हिउँदमा आठ रुपियाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने सम्झौता भएको छ । यो सम्झौतासँगै उपभोक्ता, तत्कालीन जिविसको करोडौँ लगानी डुब्नबाट जोगिएको प्रतिनिधि सभाका सदस्य नारायण आचार्यले बताउनुभयो ।

१० वर्षअघि माथागढी गाउँपालिकाको वडा नं. ५ र ६ का ५१७ घरधुरी उपभोक्ताले लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए । पछिल्लो समय आयोजना स्थलमा बाढीपहिरो जस्ता घटनाले क्षति पु¥याएपछि मर्मत सुधार गर्दा उपभोक्ता हैरान भएका थिए ।

प्राधिकरणले विद्युत् खरिद गरेपछि वार्षिक १५/२० लाख रुपियाँ उपभोक्ताको बचत हुने संस्थाका पूर्वसचिव खेमान सारूले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment