नेपाल सम्वत् ११४४ कछलागाः १० (१० मंसिर , २०८१) नोभेम्बर २५, २०२४ , सोमबार, बाँपीझ्याला । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै छ। सुरूवाती दुई खेलमा हार व्यहोरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। खेल अहिले सवा ११ बजेदेखि सुरू हुँदै छ।
अफगानिस्तान नेत्रहीन क्रिकेटमा नयाँ टिम भएकाले नेपाललाई केही सहज हुने प्रशिक्षक नहेन्द्र निरौलाले बताएका छन्। ‘दुई खेल हारेको भएपनि हाम्रो टिम बलियो छ। हामी ब्याटिङमा मात्रै चुकिरहेका छौं,’ निरौलाले भने, ‘आज ओपनिङ सेट पनि चेन्ज गर्दै छौं। आज अफगानिस्तान र भोलि दक्षिण अफ्रिकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने आशा राखेका छौं।’

त्यसैगरी, कप्तान रमेशबहादुर बानियाले पनि आजको खेलमा कमजोर पक्ष सुधार्दै जित्ने विश्वास व्यक्त गरेका छन्। आजको खेल पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।
