नेपाल सम्वत् ११४४ कछलागाः १० (१० मंसिर , २०८१) नोभेम्बर २५, २०२४ , सोमबार, बाँपीझ्याला ।नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन् ।
क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । नेपाल प्रिमियर लिग मंसिर १५ देखि २५ सम्म काठमाडौँमा हुँदैछ ।
