नेपाल सम्वत् ११४४ कछलागाः १० (१० मंसिर , २०८१) नोभेम्बर २५, २०२४ , सोमबार, बाँपीझ्याला । सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार तोलामै १५ हजार ९ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सु प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा असर परेको हो । त्यस्तै चाँदि तोलाको १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।