Search

धरहरा आजदेखि सर्वसाधारणका लागि खुला

धरहरा आजदेखि सर्वसाधारणका लागि खुला

नेपाल सम्वत् ११४४ कछलागाः ९ (९ मंसिर , २०८१) नोभेम्बर २४, २०२४ , आइतबार, बाँपीझ्याला ।सुनधारामा रहेको धरहरा आइतबारबाट स शुल्क खुला गरिएको छ । केही समयअघि निशुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था भएपनि आइतबारबाट स शुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् । सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ भने धरहरा परिसरमा मात्रै प्रवेश गर्नका लागि ५० रुपैया तोकिएको छ । धरहरा पुन खुला भएसंगै टिकट काटेर धरहरा चढ्नेको घुइँचो लागेको छ ।

धरहरा हेर्न पुगेका सर्वसाधारणहरूले नयाँ बनेको धरहरा चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए । त्यस्तै केहीले टिकट व्यवस्थापनलाई सहज गर्न र टिकट दर घटाउन सुझाव दिएका थिए । भूकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो । सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment