Search

माओवादी उम्मेदवार निमलेकी शेर्पाको विजय सुनिश्चित : गंगा कार्की, माओवादी नेता, संघिय सासदं

माओवादी उम्मेदवार निमलेकी शेर्पाको विजय सुनिश्चित : गंगा कार्की, माओवादी नेता, संघिय सासदं

नेपाल सम्वत् ११४५, कछलागाः ८ (८ मंसिर, २०८१, २३ नोभेम्वर, २०२४) शनिवार, बाँपिझ्याला, काठमाण्डौ । यही मंसिर १६ गते दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदकालागि हुने उपनिर्वाचनलाई लक्षीत गर्दै ने.क.पा.माओवादी केन्द्र गौरीशंकर–काठमाण्डौं समन्वय समितीको आयोजनामा आज अगुवा कार्यकर्ता भेला पेडिस डाँडा कोटेश्वरमा सम्पन्न भएको छ ।

ने.क.पा.माओवादी केन्द्रका केन्द्रिय सदस्य दोलखा जिल्ला संघिय सासंद गंगा कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । यसै गरी विशिष्ठ अतिथीहरुमा केन्द्रिय सदस्यहरु देवी खड्का, शंकर लामा, बलराम थापा, सरल सहयात्री पौडेल, विशेष अतिथीमा रिता रिमाल उपस्थिती रहेको थियो । अतिथीहरुमा सुन्दर केसी, सोमबहादुर केसी, उपेन्द्र प्रधान, छिरिङ शेर्पा, निमलेकी शेर्पा डोल्मा, मधुरा कार्की, भुमीराज चौलागाई, हरि प्रसाद फुयाल, ईराजकुमार राउतको उपस्थिती रहेको थियो ।

उपचुनाव प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै माओवादी नेता तथा संघिय सासंद गंगा कार्कीले विशेषतः गौरीशंकर गाउँपालीका घरभई हाल उपत्यका बसोबास गर्दै आउनु भएका पार्टीका कार्यकर्ता देखि नेताहरुलाई आग्रह गर्नु हुर्दै अहिले भाषण भन्दा पनी उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएका निमलेकी शेर्पालाई विजयी गराउन समयमै घरफर्कि सहयोग गर्न आब्हान गर्नु भएको छ ।

यसै गरी अहिले नेपाली काँग्रेस र एमाले माओवादीको बटमलाईनमा हिड्र्दै पछी पछी आईरहेकाले आफ्नो पार्टीको उम्मेदवार निमलेकी शेर्पाको विजय सुनिश्चित भएकोले सोही अनुसार शुभचिन्तक गौरीशंकरवासीहरुको यसभन्दा पहिले पनी गौरीशंकरवासीले माओवादीलाई नै विजयी गराएको र अहिलेपनी माओवादी उपाध्यक्ष निमलेकी शेर्पालाई विजयी गराउनेमा आफु विश्वस्त भएको बताउनु भयो ।यसको लागि सम्पूर्ण गौरीशंकरवासीहरुमा आग्रह सहित अनुरोध गर्नु भएको छ ।

गौरीशंकर गाउँपालीकाका उपाध्यक्ष पदका उम्मेदवार निमलेकी शेर्पाले सम्पूर्ण नेता, कार्यकर्तालाई समय भई गाउँ फर्कि चुनावी अभियानमा लाग्न अनुरोध गर्दै गौरीशंररवासी दाजुभाई, दिदीबहीनीहरुलाई आफुलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नु भएको छ ।

मन्यव्य दिने केन्द्रिय सदस्यहरुमा देवी खड्का, सरल सहयात्री पौडेल, बलराम थापा, शंकर लामा र हरि प्रसाद फुल्याल लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

गौरीशंकर काठमाण्डौं सम्पर्क सम्वन्य समितीका अध्यक्ष खिलबहादुर खड्काको सभापतीत्वमा उक्त अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो भनी दोलखा काठमाण्डौं सम्पर्क समितीका उपाध्यक्ष दोलखाका युवा समाजसेवी होमचन्द्र श्रेष्ठले बताउनु भयो ।

गईरहेको शेर्पा समुदायका ३ जना सदस्य बिच प्रतिश्पर्धा हुने भएको छ ।

यसै गरी यस पटक गौरीशंकर गाउँपालीकामा माओवादी केन्द्र, एमाले र नेपाली काँग्रेस गरी तिनवटै पार्टीको ३ जना उम्मेदवार शेर्पा जातीका सदस्यहरुको विचमा चुनावी प्रतिस्पर्धा हुने भएको भएतापनी माओवादी केन्द्रका उम्मेदवार निमलेकी शेर्पाको विजय सुनिश्चित रहेको स्थानिय गौरीशंकरवासीको रहेको छ ।

शेर्पावासीको बाहुल्यता रहेको यस गाउँपालीकामा यसभन्दा पहिलेको २०७९ को स्थानिय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्कीलाई अध्यक्ष पदमा विजयी गराएको हो ।

अहिलेको हुन गईरहेको स्थानिय उपनिर्वाचनमा माओवादी केन्द्रले निमलेकी शेर्पा र एमालेले उमा लुङ्गेली मगर शेर्पा तथा नेपाली कांग्रेसले पासदिकी शेर्पा तामाङलाई आ–आफ्नो पार्टीको उम्मेदवार बनाएका छन् । निमलेकी र उमा गौरीशंकर गाउँपालिका–७ मार्वुका हुन् भने पासदिकी गौरीशंकर–६ चंखुकी हुन् ।

प्रमुख दलले शेर्पा समुदायका एउटै नाताभित्रका उम्मेदवारलाई चुनावी मैदानमा उतारेपछि गौरीशंकरमा रहेका शेर्पा समुदाय समेत राजनीतिकरुपमा विभाजित भएका छन् । तर यस पटक गौरीशंकर गाउँपालीकाका उपाध्यक्ष उम्मेदवार माओवादी केन्द्रका निमलेकी शेर्पालाई विजयी गराउने अभियाना जुटी सकेको गौरीशंकर काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष खिलबहादुर खड्काले बताउनु भयो । यसरी अहिले गौरीशंकरको मार्वुका शेर्पा समुदायमा सदस्यहरु माओवादी केन्द्रतिर ध्रुविकरण बढीरहेको पनी उहाँले बताउनु भयो ।

गौरीशंकर गाउँपालिकामा जनजातीतर्फ शेर्पा समुदायको बाहुल्यता छ । पालिकाका सवै वडामा शेर्पा समुदायको बसोबास रहे पनि गौरीशंकर, मार्वु, चंखु र खारेमा शेर्पा समुदायको बाक्लो उपस्थिती छ ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकरका ९ मध्ये ४ वटा वडामा शेर्पा समुदायवाट वडा अध्यक्ष निर्वाचित भएका थिए । गाउँपालिकाको मार्वु र खारेमा माओवादी केन्द्र तथा गौरीशंकर र चंखुवाट नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment