Search

महाराष्ट्रमा बीजेपी महायुतिको अग्रता, झारखण्डमा झामुमो अगाडि

महाराष्ट्रमा बीजेपी महायुतिको अग्रता, झारखण्डमा झामुमो अगाडि

नेपाल सम्वत् ११४४ कछलागाः ८ (८ मंसिर , २०८१) नोभेम्बर २३, २०२४ , शनिबार, बाँपीझ्याला ।महाराष्ट्रका २८८ विधानसभा सिटहरूमा मतगणना सुरु भइसकेको छ । सबैभन्दा पहिले हुलाकबाट आएका मतपत्रको गणना गरिएको हो । यहाँ महायुति र महाविकास अघाडी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। चुनावको प्रारम्भिक परिणाम अनुसार महायुति गठबन्धनले अग्रता लिएको छ ।

महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र एनसीपी (अजित पवार) दल समावेश छन् भने महाविकास अघाडीमा गठबन्धनमा कांग्रेस, शिवसेना (उद्धव ठाकरे) र एनसीपी (शरद पवार) छन् । महाराष्ट्र विधानसभा का २८८ सिटहरूमा २० नोभेम्बरमा मतदान भएको थियो । २०१९ को तुलनामा यसपटक ४ प्रतिशत बढी मतदान भएको छ । २०१९ मा ६१.४ प्रतिशत मतदान भएको थियो भने यसपटक ६५.११ प्रतिशत मतदान भएको छ ।

मतदान समाप्त भएका दिनै एक्जिट पोल सार्वजनिक भएका थिए । ११ पोलमध्ये ६ पोलमा बीजेपी गठबन्धन (महायुति) को सरकार बन्ने अनुमान गरिएको छ । ४ पोलमा कांग्रेस गठबन्धन (महाविकास अघाडी)ले जित्ते प्रक्षेपण गरेका थिए । यस्तै झारखण्डका ८१ सिटहरूमा पनि मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजा अनुसार यहाँ झामुमो गठबन्धन ४० सिटहरूमा अगाडि छ भने भाजपा गठबन्धन ३८ सिटहरूमा अग्रस्थानमा छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!