Search

केन्द्रीय बैंकको अध्ययन: गण्डकीमा कृषि भूमि घट्दै

केन्द्रीय बैंकको अध्ययन: गण्डकीमा कृषि भूमि घट्दै

नेपाल सम्वत् ११४४ कछलागाः ८ (८ मंसिर , २०८१) नोभेम्बर २३, २०२४ , शनिबार, बाँपीझ्याला । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ अनुसार, गण्डकी प्रदेशमा कृषि क्षेत्र घट्दै गएको देखिएको छ। यस प्रदेशका प्रमुख ११ जिल्लामा कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा लगभग ७.७ प्रतिशतले घटेको छ। रिपोर्ट अनुसार, ४,३७,९७२ हेक्टर मात्रै कृषि बालीको लागि रहेको छ। तर, तरकारी खेतीले भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि देखाएको छ, जसले अत्याधुनिक खेती प्रविधिहरूको प्रभावलाई संकेत गर्दछ।

मसलाजन्य, फलफूलखेती र खाद्य बाली क्षेत्रको क्षेत्रफल क्रमशः ०.४१ प्रतिशत, ८.२३ प्रतिशत, र ८.३८ प्रतिशतले घटेको छ, तर उत्पादनमा भने सुधार आएको छ। खाद्य बाली उत्पादन ४.७१ प्रतिशत, तरकारी उत्पादन ५.४४ प्रतिशत, र मसला उत्पादन ४.५२ प्रतिशतले वृद्धि भएको छ। पशुजन्य उत्पादनतर्फ, दूध उत्पादन ३.३८ प्रतिशत र अण्डा उत्पादन १५.२९ प्रतिशतले घटेको छ भने माछा उत्पादन ४.९९ प्रतिशतले बढेको छ। वनजन्य उत्पादनतर्फ, काठको उत्पादन २६.१९ प्रतिशतले वृद्धि भएको छ जबकि दाउरा उत्पादनमा ३.१४ प्रतिशतले कमी आएको छ।

गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सुधार भएको छ, जहाँ पर्यटक आगमन ६.१ प्रतिशतले बढेर ५५,१४९ पुगेको छ। होटल शय्या सङ्ख्या बिक्री २४.३ प्रतिशतले वृद्धि भई ७३,१२६ पुगेको छ भने होटल अकुपेन्सी दर ३०.७३ प्रतिशत रहेको छ, जसले सेवा क्षेत्रमा सकारात्मक प्रभाव देखाएको छ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment