नेपाल सम्वत् ११४५, कछलागाः ७ (७ मंसिर, २०८१, २२ नोभेम्वर, २०२४) शुक्रवार, बाँपिझ्याला । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको समीकरण ०८४ को निर्वाचनसम्म रहने दाबी गरेका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आगामी फागुनसम्म सरकार रहने हल्ला गरिएको भन्दै सरकार कायम रहने बुझन आग्रह गरे ।
“फागुनको कुरा होइन, ०८४ को मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ,” उनले भने ।
ओलीले अब १८ महिना चलाएर ०८३ असारसम्म आफू प्रधानमन्त्री रहने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसपछिको १८ महिना सरकार चलाउने बताए । ओलीले ढुक्कले अघि बढ्न आग्रह गरे ।