Search

माओवादीबाट कीर्तिपुरका मेयर उमेदवार महर्जनकाे घाेषणापत्र सार्वजनिक

माओवादीबाट कीर्तिपुरका मेयर उमेदवार महर्जनकाे घाेषणापत्र सार्वजनिक

नेपाल सम्वत् ११४५, कछलागाः ७ (७ मंसिर, २०८१, २२ नोभेम्वर, २०२४) शुक्रवार, बाँपिझ्याला । काठमाडौंको कीर्तिपुर नगरपालिकाका लागि नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनले घाेषणापत्र सार्वजनिक गरेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा सामाजिक सुरक्षा क्षेत्र, युवाहरूका लागि खेलकुद एवं रोजगारीको व्यवस्था, स्वास्थ्य सेवा क्षेत्र, शिक्षा व्यवस्थासहितका शीर्षकमा विभिन्न कार्यक्रम समावेश छन् ।

घोषणापत्रमा ज्येष्ठ नागरिक तथा एकल महिलालाई प्रतिमहिना प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण प्रक्रियालाई सजिलो र प्रभावकारी बनाइने उल्लेख छ । वृद्ध र अशक्तलाई घरमै भत्ता पुर्‍याउने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment