नेपाल सम्वत् ११४५, कछलागाः ६ (६ मंसिर, २०८१, २१ नोभेम्वर, २०२४) बिहिवार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विवादास्पद विषयमा छानबिन गर्न माग गरेको छ ।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग जोडिएको ‘कम्बोडियामा लगानी’ विषयमा छानविन गर्न माग गरेको हो ।
केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरेको हो । यो सन्दर्भ सामान्य एक व्यक्तिसँग नभएर देशको कार्यकारी प्रमुखसँग जोडिएको भन्दै रास्वपाले प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने आवाज उठाएको हो ।
ओलीको कम्बोडियामा लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक विवादास्पद भिडियो सार्वजनिक गरेका थिए । त्यसपछि प्रसाईँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।