Search

नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार

नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार

नेपाल सम्वत् ११४४ कछलागाः ५ (५ मंसिर , २०८१) नोभेम्बर २०, २०२४ , बुधबार, बाँपीझ्याला । बुधबार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज गुराँस लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ३२ करोड ८१ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकास कम्पनीको सबै भन्दा बढी ७ लाख ६४ हजार ५१९ कित्ता शेयर कारोबार भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment