Search

दोलखा गौरीशंकरमा शेर्पा समुदायका ३ जना सदस्य बिच प्रतिश्पर्धा हुर्दै

दोलखा गौरीशंकरमा शेर्पा समुदायका ३ जना सदस्य बिच प्रतिश्पर्धा हुर्दै

नेपाल सम्वत् ११४५, कछलागाः ४ (४ मंसिर, २०८१, १९ नोभेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला, दोलखा । यही मंसिर १६ गते हुन गईरहेको उपनिर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदकालागि शेर्पा समुदायका ३ जना सदस्य बिच प्रतिश्पर्धा हुने भएको छ ।

विशेषतः शेर्पा मुलको बाहुल्यता भएकोले यस पालीकामा तिनै वटा पार्टीका उम्मेदवार शेर्पा जातीलाई दिएको छ । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसले एउटै समुदायका महिलालाई उम्मेदवार बनाए पछि उनीहरु वीच रोचक प्रतिश्पर्धा हुन लागेको स्थानिय वासिन्दाको भनाई रहेको छ ।

माओवादी केन्द्रले निम लेकी शेर्पा र एमालेले उमा लुङ्गेली मगर शेर्पा तथा नेपाली कांग्रेसले पासदिकी शेर्पा तामाङलाई आ–आफ्नो पार्टीको उम्मेदवार बनाएको हो । निम लेकी र उमा गौरीशंकर गाउँपालिका–७ मार्वुका हुन् भने पासदिकी गौरीशंकर–६ चंखुकी हुन् ।

माओवादीकी उम्मेदवार निम लेकी र एमाले उम्मेदवार उमा मार्वुुको एउटै टोल अर्थात सिक्पाश्वरका हुन् । नाताले उनीहरु १३ दिने दाजुभाई भित्रका देवरानी–जेठानी पर्दछन् । निम लेकीको माइती गाउँ पनि मार्वु नैं हो भने उमा ओखलढुँगावाट विवहा गरेर मार्वु आएकी हुन् ।

माओवादीकी उम्मेदवार निम लेकी र एमाले उम्मेदवार उमा नाताले १३ दिने दाजुभाई भित्रका देवरानी–जेठानी पर्दछन् । माओवादी र एमालेका उम्मेदवार उनीहरु पासदिकीका मावलीतर्फका भदा बुहारी पर्दछन् । प्रमुख दलले शेर्पा समुदायका एउटै नाताभित्रका उम्मेदवारलाई चुनावी मैदानमा उतारेपछि गौरीशंकरमा रहेका शेर्पा समुदाय समेत राजनीतिकरुपमा विभाजित भएका छन् ।

यस्तै, कांग्रेसकी उम्मेदवार पासदिकीको मावली गाउँ पनि सिक्पाश्वर नैं हो । उनी मार्वुको हुप्चिवाट विवाह गरेर चंखु गएकी थिईन् । माओवादी र एमालेका उम्मेदवार पासदिकीका मावलीतर्फका भदा बुहारी पर्दछन् ।

प्रमुख दलले शेर्पा समुदायका एउटै नाताभित्रका उम्मेदवारलाई चुनावी मैदानमा उतारेपछि गौरीशंकरमा रहेका शेर्पा समुदाय समेत राजनीतिकरुपमा विभाजित भएका छन् । खासगरी गौरीशंकरको मार्वुका शेर्पा समुदायमा माओवादी र एमाले वीच तीव्र ध्रुविकरण भइरहेको छ ।

गौरीशंकर गाउँपालिकामा जनजातीतर्फ शेर्पा समुदायको बाहुल्यता छ । पालिकाका सवै वडामा शेर्पा समुदायको बसोबास रहे पनि गौरीशंकर, मार्वु, चंखु र खारेमा शेर्पा समुदायको बाक्लो उपस्थिती छ ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकरका ९ मध्ये ४ वटा वडामा शेर्पा समुदायवाट वडा अध्यक्ष निर्वाचित भएका थिए । गाउँपालिकाको मार्वु र खारेमा माओवादी केन्द्र तथा गौरीशंकर र चंखुवाट नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment