Search

३२ वर्षीया दिपाले श्रीमान् ४० वर्षीय मधुको हत्या

३२ वर्षीया दिपाले श्रीमान् ४० वर्षीय मधुको हत्या

नेपाल सम्वत् ११४५, कछलागाः ४ (४ मंसिर, २०८१, १९ नोभेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उहाँका अनुसार चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment