नेपाल सम्वत् ११४४ कछलागाः ३ (३ मंसिर , २०८१) नोभेम्बर १८, २०२४ , सोमबार, बाँपीझ्याला । श्रीलंकाले न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्युजिल्याण्डविरुद्धको ३ खेलको सिरिज २-० ले जितेको हो ।
न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वर्षाले प्रभावित खेल ४७-४७ ओभर खेलाइएको थियो । यस अघि न्युजिल्याण्डले ४५.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो ।अब सिरिजको अन्तिम खेल मंगलबार खेलिँदै छ ।