Search

हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह

हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह

नेपाल सम्वत् ११४५, कछलागाः ३ (३ मंसिर, २०८१, १८ नोभेम्वर, २०२४) सोमबार, बाँपिझ्याला । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् ।

आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना बंगलादेशबाट भागेर भारत आएकी थिइन् । त्यसपछि युनुसले अगस्त ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।

हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरेको आरोप लगाएका थिए ।

हसनले बंगलादेशले भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको पनि बताएका थिए । शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment