
नेपाल सम्वत् ११४५, कछलागाः १ (१ मंसिर, २०८१, १६ नोभेम्वर, २०२४) शनिवार, बाँपीझ्याला । अन द क्लाउड प्लेटफर्म अफ ईन्फुलेन्सर नेपालको आयोजनामा “आधुनिक जनवादी गणतन्त्र चिन संग नेपालको द्विपक्षीय सम्बन्ध” बिषयक गोष्ठी ग्राण्ड होटेल ताहाचलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष समाजसेवी शोभित उप्रेतीको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथी बागमती प्रदेश सभामुख भुवन कुमार पाठकको उपस्थित रहेको थियो । यसै गरी उक्त कार्यक्रममा अध्येता विज्ञहरु डा. विक्रम तिमिल्सीना, विपिनदेव, केशव सिग्देलले चाईना र नेपालको दुई पक्षिय सम्वन्धका विगत र बर्तमानका आयामहरुको बारेमा आ–आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

नेपाल र चिनको सम्वन्ध सात दशक र प्रधानमन्त्री केपि शर्माको आसन्न चिन भ्रमणका एजेण्डाहरु विगतका सम्झौताहरुको कार्यान्वयमा हुन गईरहेको विलम्व र पूर्वाधार लगायत आधनिक चीनको द्रुत विकासबाट नेपाल लिन सकिन लाभको बारेमा परिचर्चा गरिएको थियो ।
चिनिया राष्ट्रपती सी को एकदशक अघिदेखि शुरु भएको “बिआई” परियोजनको फ्रेम ओर्कमा सन् २०१७ मा हस्ताक्षर भईसकेपछी परियोजनको मोडालिटीको बारेमा देशभित्र राजनितीक मतैक्यता निर्माण हुन नसक्दा र राजनितीक अख्तिारले गर्दा विलम्व हुनुले नेपालको विकास, अवसरमा विलम्व हुन गएको धारणा व्यक्त गर्नु भयो ।

किसिम सिग्देलले चीनीया कम्युनिष्ट पार्टी २० औं कार्यकालको तेस्रो ल्पेनरी बैठकबाट पारित भिजन २०५ कार्यपत्रले चिनले समग्र अर्थ व्यवस्थाको आधुनिकरण, गुणस्तरीय जीवनशैली, नेतृत्वको शुशासन र विज्ञापन प्रविधीको नवप्रद्र्धनमा गहिरो शुक्ष्म सुधार गर्दै आधुनिक समाजवादी समुह चिनको समयबद्ध योजना बनाएको व्यक्त गर्नु भयो ।

यसै गरी चीन ममिलाका जानकार विक्रम तिमिल्सीनाले प्रधानमन्त्री ओलीले नेपालबाट सद्भाव र विश्वास वोकेर बेईजिङ्ग जानु पर्ने बेजिङ्गबाट सद्भाव र विश्वास बोकेर काठमाण्डौ फर्कनु उहाँले बताउनु भयो ।
त्रिभुवन विश्व विद्यालयका सह–प्रध्यापक विपिन देवले चिनीयाँ पोलिसि र परियोजनो नेपालले प्रशस्तै फाईदा लिने अवसरको उपभोग गर्नुपर्ने बताउनु भयो । जसमा देशको संस्थागत, राष्ट्रिय निती अनुरुप कार्यगरी दुवै देशमा विकास र सद्भावको विश्वास हुने भएकाले परराष्ट्र मन्त्रालयको भूमीकालाई संकुचित गर्दै दलिय सयन्त्रमा बैदेशिक सम्वन्ध चलाउन नहुने बताउनु भयो ।

उक्त अवसरमा नेपाल र चिन दुवै मोहडाबाट दुई पटक सर्वोच्च शिखर आरोहण गर्ने प्रथम महिला पत्रकार कल्पना महर्जनलाई नगद रासी र सम्मान पत्रबाट अभिनन्दन गरिएको थियो । संस्थाका अध्यक्ष शोभित उप्रेती र विशिष्ट अतिथी बागमती प्रदेश सभा सभामुख भुवन पाठकले संयुक्त रुपमा माला खादा र नगद राशीले सम्मान गर्नु भएको थियो ।
यसै गरी सम्मान पश्चात कार्यक्रममा बोल्र्दै सम्मानित आरोही कल्पना महर्जनले उत्तरी मोहडा चिनतर्फबाट सगरमाथाको आरोहण गर्दा फोहर जम्मा गरेर विक्री गरेको, आरोहणका लियाजो अफिसरको सहयात्रा र आरोहण क्याम्प–२ सम्म याकले बारी बोकेर लगि दिएको अनुभव राम्रो लागेको सस्मरण गर्नु भएको थियो ।
उद्घाटन सत्रमा विज्ञहरु डा. विष्णुराज उप्रेती, दिपक पाण्डे, मिथुन पौडेल र सुरेन्द्र उप्रेतीले नेपाल चिन द्धिपक्षिय सम्वन्धका विविध विषयमा जिज्ञासा र अनुभव प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्र्दै बागमती प्रदेशका सभामुख भुवन पाण्डेले नेपाल र मित्रराष्ट्र जनवादी गणतन्त्र चिन विच ईतिहासमा सदैव सु–सम्वन्ध रहन्दै आएको स्मरण गर्नु भयो । चारदशक अघि अरनिको राजमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रशंसा गर्दै दुवै देशको सद्भाव र विश्वसनिय वातावरणीय विकासमा जोड दिनु भयो । सरकारमा रहन्दाको प्राथमिकता र सरकारबाट बाहिर रहदाका प्राथमिकता एउटै हुनु पर्ने बताउनु भयो ।

नेपाल भित्रका राजनितीक पार्टी र सरकाले साझा धारणाका साथ विश्वासयोग्य वातावरण निर्माण गर्दै चिनियाँ प्रविधी र आधुनिकरणबाट नेपालले सिक्नुपर्ने प्रस्सत क्षेत्र रहेको र त्यसलाई पहिचान गरी अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापती संस्थाका अध्यक्ष समाजसेवी शोभित उप्रेतीले दुई देश विचको सु–सम्वन्ध र जनस्तरको आर्थिक, सामाजिक र साँस्कृतिक सम्वन्ध प्रगाढ र बलियो हुनु पर्ने बताउनु भयो ।
साथै कार्यक्रममा उपस्थित हुनु हुने प्रमुख अतिथी, विशेष अतिथी र सहयोग गर्नु हुने सवैमा हार्दिक आभार व्यक्त गर्नु हुर्दै धन्यवाद दिनु भयो र कार्यक्रम अन्त भएको घोषणा गर्नु भयो ।


