नेपाल सम्वत् ११४५, कछलाथ्वः १४ (३० कार्तिक, २०८१, १५ नोभेम्वर, २०२४) शुक्रवार, बाँपीझ्याला । नेप्लीज फेसन होमद्वारा “किट क्विन २०२४” का विजयीहरुलाई आज कटेज बार, क्यानरिएन पपमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
नेप्लीज फेसन होमका अध्यक्ष युवा समाजसेवी हेमा मानन्धरको सभापतीत्वमा संचालन भएको बधाई तथा शुभकामना कार्यक्रममा बागमती प्रदेशका सभामुख भुबनकुमार पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
मिस नेवाः ११४४ की सकिना महर्जनले कार्यक्रम संचालन गर्नु भएको थियो । यसै गरी प्रमुख अतिथी, विशेष अतिथी र अतिथी महानुभावहरुलाई मिस नेवाः ११४१ की कृर्षा महर्जनले खाता लगाएर स्वागत गर्नु भएको थियो । लायन्स क्लव अफ शेषमतीका अध्यक्ष दिलबहादुर श्रेष्ठ (अजय) बाट व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।

आमन्त्रीत महानुभावहरुले विजयी किट क्वीनलाई बधाई दिर्दै आ–आफ्नो तर्फबाट उपहार सहीत शुभकामना दिनु भएको थियो ।
नेपाल सम्वत् ११४४, कौलागाः १० (१० कार्तिक, २०८१) २६ अक्टोबर, २०२४, शनिवारका दिन नेप्लिज फेसन होम र फाइट फर लाइफको आयोजनामा “किट क्विन २०२४ नेपाल” प्रतियोगीता राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो । यसरी सम्पन्न “क्विट क्विन २०२४” मा उपत्यकाका बिभिन्न स्कुलका ३८ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो ।
जसमा “किड क्विन नेपाल २०२४” मा काठमाडौ भ्याली स्कुल, रानीवनकी सारिका सिटौला र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भ्याग्यश्री खड्का (जुनियर) ले उपाधि हासिल गरेकी थिईन । यसै गरी उनीहरु प्रमुख उपधिका साथ तस्बिर मिस फोटोगेनिक उपउपाधी विजेता पनि भएका थिईन ।
त्यसैगरी काठमाडौं भ्याली स्कुलकी जेशिका श्रेष्ठ र सभ्यता पाठशाला, रानीवनकी काभ्या शिवाकोटी (जुनियर) फस्ट रनर्सअप तथा मेधा सेकेन्डरी स्कुल, भक्तपुरकी सृष्टी रञ्जितकार र हिमालय वल्द्रफ स्कुल, रानीवनकी अज्ना आचार्य (जुनियर) सेकेन्ड रनर्सअपका साथै मिस पब्लिक च्वाइस सेकेन्ड रनर्सअप र एभरेस्ट किड्स स्कुलकि सुधिक्षा श्रेष्ठ (जुनियर) थर्ड रनर्सअप चुनिएका थिईन ।

यसरी विजयी किट क्विन प्रतियोगीहरुलाई नेपाल सम्वत् ११४५, कछलाथ्वः ६, २२ कार्तिक, २०८१, ७ नोभेम्वर, २०२४, विहीवारका दिन नेप्लीज फेसन होमको कार्यालय डिल्लीवजारमा नेवारी परम्परा अनुसार सगुन दिई तुच्चा कार्यक्रमको आयोजना गरिएको थियो ।
यसरी प्रतिस्पर्धी हुनका लागि स–साना बालीकाहरुको मनोबल बढाउन र प्रतियोगीतामा सहभागी बन्न उत्प्रेरणा दिलाउने उद्देश्यले नेप्लीज फेसन होमले फाइट फर लाइपसँगको सहकार्यमा “किट क्विन २०२४” प्रतियोगीता कार्तिक १० गते सम्पन्न गरिएको हो । यसै सन्दर्भमा विजयी प्रतिस्पर्धीहरुलाई कार्तिक २२ गते नेवारी परम्परा अनुसार सगुन र आज फेरी बधाई तथा शुभकामनाको आयोजना गरिएको हो भनी अध्यक्ष एवं युवा समाजसेवी हेमा मानन्धरले बताउनु भयो ।
उक्त बधाई तथा शुभकामना कार्यक्रममा मान्यजन, विशिष्ट व्यक्तित्व, सहयोगी महानुभावहरुको प्रतिनिधीमुलक रुपमा उपस्थिती रहेको थियो भनी अध्यक्ष मानन्धरल भन्नु भयो । यसरी आई सहयोग र सद्भाव राख्नु सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भयो । बधाई तथा शुभकामना कार्यक्रम पछी रात्रीभोजको आयोजना गरिएको थियो ।
