Search

शीतल निवासको गार्डेन सजावटका लागि पोखरा आउटसोर्सिङ लाई जिम्मा

शीतल निवासको गार्डेन सजावटका लागि पोखरा आउटसोर्सिङ लाई जिम्मा

नेपाल सम्वत् ११४५, कछलाथ्वः १३ (२९ कार्तिक, २०२४, १४ नोभेम्वर, २०२४) बिहीवार, बाँपीझ्याला । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउने ठेक्का पोखरा आउटसोर्सिङ प्रालिले पाएको छ ।

राष्ट्रपति कार्यालयले शीतल निवासको गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी बिहीबार सूचना जारी गरेको हो ।

शीतल निवासको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ । कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो ।

मूल्याँकन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment